Lite Nepal

शनिबार, फाल्गुण २३, २०८२

ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले उमेद्वार क्षितिज थेबे विजयी भएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार थेबेले नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बू लाई २ हजार २५१ मतान्तरले पराजित गरेका हुन्।

अन्तिम मतपरिणामअनुसार थेबेले १३ हजार ९६२ मत प्राप्त गरे भने तुम्याहाङले ११ हजार ७११ मत पाए । सुरुवातमा अग्रता लिएका तुम्याहाङले अन्तिमसम्म अग्रता जोगाउन सकेनन् ।

अन्य उम्मेदवारमध्ये खेलप्रसाद बुढाक्षेत्री ले ६ हजार ७७५, सन्तोष राई ले ५ हजार २०९ र वीरेन्द्र श्रेष्ठ ले ४ हजार १५५ मत प्राप्त गरेका छन् ।

९० हजार ३२७ मतदाता रहेको ताप्लेजुङ जिल्ला मा करिब ५१ प्रतिशत मत खसेको थियो। प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएसँगै अब समानुपातिकतर्फको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

थेबे नेकपा एमालेका केन्द्रिय सदस्य हुन् । यसअघि २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले कै उपमहासचीव योगेश भट्टराई विजयी भएका थिए । ९० हजार ३२७ जना मतदाता रहेको ताप्लेजुङमा ५१ प्रतिशत मत खसेको थियो ।

यहाँ आठओटा गाउँपालिका र एक नगरपालिका सहित नौओटा स्थानीय तह रहेका छन् । एक निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा १३ जना उम्मेदवार चुनावी मैदानमा थिए । प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भएसँगै अब समानुपातिक तर्फको मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा