पाँचथर । प्रतिनिधिसभा निर्वाचन २०२६ अन्तर्गत पाँचथर जिल्लाको समानुपातिकतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ।
सार्वजनिक नतिजाअनुसार ‘माटो’ चुनाव चिह्न भएको दल सबैभन्दा बढी मतसहित पहिलो स्थानमा पुगेको छ भने परम्परागत रूपमा बलिया मानिने नेकपा एमाले र नेपाली कांग्रेसको मत घटेको देखिएको छ।
अन्तिम परिणामअनुसार ‘माटो’ले १८ हजार ३६८ मत प्राप्त गर्दै अग्रस्थान कायम गरेको छ।
त्यसपछि ‘रुख’ १४ हजार १०० मतसहित दोस्रो स्थानमा छ भने ‘सूर्य’ले १३ हजार ४१५ मत प्राप्त गरेको छ।
त्यसैगरी ‘तारा’ चुनाव चिह्नले ७ हजार ७६० मत, ‘घण्टी’ले ७ हजार २९१ मत र ‘वासुरी’ले ३ हजार ८२५ मत प्राप्त गरेका छन्।
