Lite Nepal

बिहिबार, चैत्र १२, २०८२

काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित क्षितिज थेबेले शपथ ग्रहणसँगै आफ्नो पहिलो महिनाको तलब शिक्षा क्षेत्रमा लगाउने घोषणा गरेका छन्।

सांसद थेबेले शुक्रबार प्रतिनिधि सभा सदस्यको औपचारिक शपथ लिएका थिए। शपथ ग्रहण पश्चात् उनले आफ्नो तलब सिदिङवा गाउँपालिका-३ स्थित आगेपा आधारभूत विद्यालयको जग्गा खरिद र भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

थेबेले भने, “ताप्लेजुङका जनताको प्रतिनिधित्व गर्दै आज प्रतिनिधि सभा सदस्यको रूपमा औपचारिक शपथ लिएँ। मेरो पहिलो महिनाको तलब विद्यालय भवन निर्माण र आवश्यक जग्गा खरिदमा सहयोग गर्ने निर्णय गरेको छु।”

सांसदले शिक्षामा गरेको यो प्रारम्भिक योगदानले बालबालिकाको दीर्घकालीन लाभ र उज्ज्वल भविष्य निर्माणमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे। साथै, उनले आफूलाई निर्वाचित गराएर संसदसम्म पुर्‍याउने ताप्लेजुङवासीप्रति आभार समेत प्रकट गरेका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं