Lite Nepal

बिहिबार, भाद्र ०४, २०७७

पोखरा । पोखरामा कोरोना संक्रमण समुदायमा फैलिएको पाइएको छ। पछिल्लो समयमा पोखरा–५ मालेपाटनका एकै परिवारमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

परिवारमा पहिलो कोरोना संक्रमण पुष्टि साउन २४ गते सहकारीमा काम गर्ने एक महिला सदस्यमा भएको थियो।

स्वाब टेष्ट गर्दा त्यही परिवारका अरु ११ जनामा कोरोना संक्रमण देखिएकोमा बिहीबार थप दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगरपालिकाका प्रवक्तासमेत रहेका पोखरा ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए।

बिहीबार सोही परिवारका ११ वर्ष र १४ वर्षका दुई बाबुनानीमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। तीन दाजु भाइका १३ जना सदस्यमा कोरोना संक्रमण देखिएको हो। कोरोना संक्रमण हुनेमा सबैभन्दा वृद्ध ८१ वर्षका पुरुष छन्।

पहिलो कोरोना संक्रमण भएकी सहकारीमा कार्यरत महिलालाई ज्वरोआएपछि स्वाब परीक्षण गरिएको थियो। उनमा कोरोना संक्रमण पृष्टि भएपछि परिवारका अरु सदस्यको पनि स्वाब टेष्ट गरिदा १३ जनामा पनि कोरोना संक्रमण देखिएको हो।

कोरोना संक्रमण भएका मध्य एक जनामा नेगेटिभ रिर्पोट आएर घर फर्की सकेका छन्। आज संक्रमण देखिएका दुई जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लग्ने तयारी गरिएको वडा अध्यक्ष नेपालीले बताए।

अन्य सदस्यको लेखनाथ स्थित साविक लेखनाथ सामुदायिक अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं