Lite Nepal

बुधबार, आश्विन १४, २०८३

काठमाडौं । २०औं एसियाली खेलकुदमा कास्य पदक विजेता नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ ।

बुधबार दिउँसो स्वदेश फर्किएको नेपाली महिला कबड्डी टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ । सेमिफाइनल खेलमा भारतसँग ४८–२४ अङ्कले पराजित भएपछि नेपालले कास्य पदक प्राप्त गरेको थियो ।

स्वदेश फर्किएपछि नेपाली महिला कबड्डी टोलीकी कप्तान मानमती विष्टले मुख्य सपना फाइनल खेल्ने भए पनि सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा परेकाले निकै चुनौतीपूर्ण भएको बताइन् ।

एसियालीस्तरको ठूलो मञ्चमा आफ्नो पदकलाई कायमै राख्न सफल हुनु ठूलो उपलब्धि रहेको उनले बताइन् । उनले रणनीति सोचेजस्तो पूर्ण रूपमा सफल हुन नसके पनि प्राप्त कास्य पदकमै टोली सन्तुष्ट र खुसी रहेको उल्लेख गरिन् ।

आफ्नै कभर्ड हल र कबड्डी ग्राउन्ड नहुने समस्या पहिलेदेखि रहे पनि प्रतियोगिता सुरु हुनुभन्दा ६ महिनाअघिदेखि खेलाडीहरूले ती अभावलाई बिर्सिएर केवल खेल, पदक र देशको झण्डा फर्फराउने कुरामा मात्र ध्यान केन्द्रित गरेको उनले बताइन् ।

नेपालले समूह चरणको खेलमा थाइल्यान्डलाई हराएको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो । त्यसपछि अन्तिम खेलमा श्रीलङ्कालाई हराएर नेपाल सेमिफाइनलमा पुगेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं