काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व कप्तान अन्जिला तुम्बाले सामाजिक सञ्जालमा आफ्नो टोलीले १० वर्ष मेहनत गरेर बनाएको सपना राजनीतिक स्वार्थका कारण बर्बाद भएको गुनासो गरेकी छन्।
तुम्बाले लेखेकी छन् कि खेलाडीहरूको लागि अन्तराष्ट्रिय खेल खेल्न पाउनु एक सपनाको शिखर हो, तर व्यक्तिगत स्वार्थ र राजनीतिले गर्दा अन्तिम समयमा अवसर खोसिनुले खेलाडीहरूमा गहिरो पीडा पुगेको छ। उनले यो अवस्था खेलाडीहरूको भविष्यका लागि गम्भीर चेतावनीको रूपमा लिने आवश्यकता रहेको बताएकी छन्।
पूर्व कप्तानले थपेकी छन्, “खेलाडीहरूको रगत र पसिनालाई राजनीतिक साधन नबनाइदिनुस्। हामी देशको लागि खेल्न चाहन्छौँ, तपाईंहरूको अहङ्कारका लागि होइन। हाम्रो सपनामाथि खेलबाड गर्ने अधिकार कसैलाई छैन।”
