काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह का प्रेस तथा अनुसन्धान विज्ञमा पत्रकार दीपा दाहाल नियुक्त भएकी छन्।
प्रधानमन्त्रीको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ अनुसार दाहाललाई उक्त पदमा नियुक्त गरिएको हो।
नवनियुक्त दाहालले प्रधानमन्त्रीको सञ्चार रणनीति निर्माण, मिडिया समन्वय तथा अनुसन्धान सम्बन्धी कार्यमा भूमिका निर्वाह गर्ने बताइएको छ।
दाहाल लामो समयदेखि खोज पत्रकारिता, लेखन र अध्यापनमा सक्रिय रहँदै आएकी छन्। उनीसँग रेडियो, टेलिभिजन, छापा तथा अनलाइन माध्यममा २० वर्षभन्दा बढीको अनुभव रहेको छ।
साथै, उनी पद्मकन्या बहुमुखी क्याम्पस मा पत्रकारिता अध्यापन गर्दै आएकी छन्।
