काठमाडौं । भारतमा बन्धक बनाइएका पाँचसय नेपालीको उद्वार गरिएको छ ।
विभिन्न प्रलोभनमा उत्तर प्रदेशको कुशीनगरमा बन्धक बनाइएका उनीहरूको उद्वार गरिएको हो ।
गएराति भारतीय प्रहरीको सहयोगमा कुशीनगरमा लुम्बिनी प्रदेश प्रहरी र रुपन्देही प्रहरीको टोली भारत गएर उनीहरूको उद्धार गरेको हो ।
उनीहरूलाई सुनौली नाकामार्फत अहिले नेपाल ल्याइँदै छ ।