Lite Nepal

शनिबार, जेठ १६, २०८३

सङ्खुवासभा । सङ्खुवासभाको धर्मदेवी नगरपालिका–१ पाँचखाल तामाङ टोलमा आगलागी हुँदा ४ लाख बराबरको धनमालको क्षति भएको छ । धर्मदेवी-१ तामाङ टोलमा गए राति स्थानीय राजु तामाङको घरमा आगो लाग्दा रु चार लाख बराबरको धनमाल जलेर नष्ट भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक धनबहादुर राजवंशीले आगलागीबाट ढुंगा, माटो र काठले बनेको एक तले घर जलेर पूर्ण रूपमा नष्ट भएको बताउँदै करिब रु. चार लाख बराबरको क्षति भएको जानकारी दिए । उनका अनुसार अन्नपात, लत्ताकपडा र महत्त्वपूर्ण कागजातसमेत जलेर नष्ट भएका छन् ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मङ्गलबारेबाट खटिएको प्रहरी टोली तथा स्थानीयवासीको सहयोगमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगो लाग्नुको कारण भने हालसम्म खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं