Lite Nepal

बुधबार, जेठ २०, २०८३

काठमाडौं । पार्टी भित्र शिर काटेर टेवलमा राखे पार्टी राम्ररी चल्छ भन्ने मानसिकता रहेको बताएका छन् । उनले अहिलेको परिस्थितीमा पार्टी भित्र मजबुद एकता आवश्यक रहेको बताएका छन् ।

पार्टीको संगठन विभागले आयोजना गरेको सदस्यता नविकरण विस्तार तथा उत्प्रेरणा कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले कतिपय नेताहरुले शिर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने अभिव्यक्ति दिएको बताए । ‘शिर काटेर टेवलमा राखिदिने हो भने जीउले मात्र पार्टी एकता हुन्छ भन्ने मानसिकता पार्टी हितमा छैन’ अध्यक्ष ओलीले भने ।

‘विरोधीहरुबाट हमला भइरहेको बेला पार्टीका केही साथीहरु र कतिपय मिडियाले समेत पार्टी कै विरोध गरे ’ उनले भने ‘पार्टीमा कोही एता फर्केर बोल्ने,कोही उत्ता फर्केर बोल्ने । पार्टी विरुद्ध भ्रम फिँजाउने । समिक्षा गर्नुपर्छ भन्ने तर समिक्षा नै नभइ कोही हस्ताक्षर गर्न कुद्ध्ने,कोही अनेक भ्रम फैलाउदै कुद्ध्ने । यस्तो प्रवृतिले पार्टी एकताबद्ध हुन सक्दैन ।’

अध्यक्ष ओलीले पार्टी भित्र अहिले व्यापक एकता चाहिएको बताए । एमाले ३६ वर्ष देखि जनताको बहुदलीय जनवादमा एकताबद्ध भएको बताउदै सबै नेता कार्यकर्ता त्यसकै आधारमा चल्नुपर्ने बताए । पार्टीको संगठन विभागले आयोजना गरेको कार्यक्रम आज र भोली चल्नेछ । कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं