काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेटले पराजित गरेको छ ।
शनिबार साँझ त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १६७ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

हारसँगै विराटनगर प्रतियोगिताबाट बाहिरिएको छ ।

जितपछि लुम्बिनी शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर्स खेल्ने भएको छ ।
आजको खेलसँगै एनपीएलको प्लेअफ समीकरण पूरा भएको हो । प्लेअफमा लुम्बिनीसँगै सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज र चितवन राइनोज पुगेको छ ।
जनकपुर बोल्ट्स, कर्णाली याक्स र पोखरा एभेन्जर्स भने प्लेअफको दौडबाट बाहिरिएको छ ।