Lite Nepal

शुक्रबार, आषाढ १२, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग सहकार्य गरेर अगाडि बढ्ने घोषणा गरेका छन् ।

विराटनगरमा शुक्रबार आयोजित कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमालेसँग संसद् र सडक दुवैमा एमालेसँग सहकार्य गर्ने घोषणा गरेका हुन् ।

‘अहिलेको परिस्थितिमा संसद्‌मा बलियो उपस्थिति जनाउन र सडक आन्दोलनलाई सशक्त बनाउन पनि एमालेसँगको सहकार्य अनिवार्य भइसकेको छ,’ उनले भने।

तत्कालै पार्टी एकताको सम्भावना भने नरहेको उनको भनाइ छ । रास्वपा सरकारमा सहभागी भएको सय दिन पनि नपुग्दै उसको वास्तविक चरित्र उदाङ्गिएको उनको भनाइ छ।

‘सिमानामा सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार असुल्ने र गरिब सुकुम्बासीका बस्तीहरू भत्काएर रास्वपाले आफ्नो असली पहिचान देखाएको छ। उनीहरू आफ्नै गलत हर्कतका कारण जनताको नजरमा गिर्दै गएका छन्, यसमा हाम्रो कुनै दोष छैन,’ उनले भने।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं