Lite Nepal

बिहिबार, साउन १४, २०८३

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने जनाएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेसका प्रमुख सचेतक वासना थापाले उक्त घटनाको घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने र यसको निष्पक्ष तथा विश्वसनीय छानबिन हुनुपर्ने माग गरेकी हुन् ।

उनले यस घटनापछि प्रधानमन्त्री र गृहमन्त्री मौन रहेको भन्दै कडा आलोचना गरिन् । प्रमुख सचेतक थापाले नागरिकको ज्यान जाने गरी गोली चलाउनुपर्ने अवस्था किन आयो भन्दै सरकारलाई प्रश्न समेत गरेकी छिन् ।

कसैको उक्साहट, अफवाह र घृणाको राजनीतिले सामाजिक सद्भाव भत्काउन नसक्ने भन्दै उनले सम्पूर्ण नेपालीलाई सहिष्णुता र शान्तिको पक्षमा एकजुट हुन आह्वान गरिन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं