Lite Nepal

बिहिबार, साउन १४, २०८३

जनकपुरधाम । सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम क्षेत्रका केही स्थानमा अनिश्चित कालीन कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु लगाउने निर्णय गरेको हो। प्रशासनका अनुसार बिहीबार दिउँसो ३:३० बजेदेखि आदेश कार्यान्वयनमा आएको छ।

प्रशासनले पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणपछि स्थिति थप जटिल हुन नदिन र सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राख्दै कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।

कर्फ्यु लागू हुने क्षेत्र, प्रतिबन्धित गतिविधि तथा अन्य आवश्यक विवरण सम्बन्धी सूचना जिल्ला प्रशासन कार्यालय धनुषाले छुट्टै जारी गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं