Lite Nepal

बिहिबार, साउन १४, २०८३

विराटनगर । गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनामा ज्यान गुमाएकाहरुको परिवारलाई भेट्न आउँदैछन् । अहिले केही समय पछि उनी सुनसरी आउन लागेका हुन् ।

मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्ने कार्यक्रम तय भएको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

गुरुङसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि आउँदैछिन् । सुनसरी मन्त्री मेहताको गृहजिल्ला पनि हो । उनी यसअघि पनि घाईतेको अवस्था बुझ्न आएकी थिइन् ।

आजनै तराईका घटनाका विषयमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरुङबीच छलफल भएको छ । उक्त छलफलपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज आउन लागेका हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं