Lite Nepal

शुक्रबार, साउन १५, २०८३

विराटनगर । मधेश क्षेत्रमा पछिल्लो समय देखिएको सुरक्षा चुनौतीको समग्र मुल्यांकन गर्दै नेपाल प्रहरीले वरिष्ठ तहका १५ अधिकृतलाई विभिन्न जिल्लामा परिचालन गरेको छ । प्रहरी प्रधान कार्यालयले एआईजी, डीआईजी र एसएसपी तहका अधिकृतलाई प्रदेश तथा जिल्ला तहमा समन्वय र सुरक्षा व्यवस्थापनका लागि जिम्मेवारी दिएको हो ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार सुरक्षा अवस्था प्रभावकारी बनाउन उच्च अधिकृतहरूलाई तराई-मधेश क्षेत्रमा केन्द्रित गरिएको हो ।

प्रहरी प्रधान कार्यालयले घटनाको प्रकृति र आवश्यकताअनुसार सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले उच्च अधिकृतहरुलाई फिल्ड जिम्मेवारी दिएको जनाएको छ ।

सुरक्षा व्यवस्थापनका लागि परिचालन गरिएका उच्च प्रहरी अधिकृतमध्ये एआईजी सिद्धीविक्रम शाहलाई बाँके, एआईजी हिमालय कुमार श्रेष्ठलाई मधेश प्रदेश, एआईजी उमा प्रसाद चतुर्वेदीलाई कपिलवस्तु र एआईजी ईश्वर कार्कीलाई कोशी प्रदेशको जिम्मेवारी दिइएको छ । यस्तै, डीआईजी दिनेश कुमार आचार्यलाई सिरहा तथा डीआईजी अबि नारायण काफ्लेलाई सप्तरीमा खटाइएको छ ।

यसैगरी एसएसपी गोपाल चन्द्र भट्टराईलाई सर्लाही, एसएसपी सोमेन्द्र सिंह राठौरलाई पर्सा, एसएसपी दीप शम्शेर जबरालाई रौतहट, एसएसपी नवराज अधिकारीलाई चितवन, एसएसपी कृष्ण प्रसाद पंगेनीलाई महोत्तरी, एसएसपी होबिन्द्र बोगटीलाई बारा, एसएसपी ज्ञानेन्द्र प्रसाद फुयाँललाई मोरङ र एसएसपी भुवनेश्वर तिवारीलाई धनुषाको जिम्मेवारी दिइएको छ ।

एसएसपी अमरेन्द्र बहादुर सिंहलाई भने मधेश क्षेत्रको समग्र सुरक्षा समन्वयका लागि परिचालन गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं