Lite Nepal

शुक्रबार, साउन १५, २०८३

विराटनगर । नेपाली काँग्रेसका नेता अभिषेक गिरीविरुद्ध २१ करोड रुपैयाँभन्दा बढी रकमको ठगीसम्बन्धी अभियोगमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानका आधारमा सरकारी वकिलको कार्यालयले गिरीविरुद्ध कानुनी प्रक्रिया अघि बढाउँदै अभियोग पत्र दायर गरेको हो ।

अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार गिरीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बराबरको बिगो कायम गरी मुद्दा पेश गरिएको छ । हाल अदालतमा उनको बयान प्रक्रिया जारी रहेको उनले जानकारी दिएका छन् ।

व्यवसायी सुभाष श्रेष्ठले दिएको उजुरीका आधारमा गिरीलाई नियन्त्रणमा लिएर सीआईबीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा श्रेष्ठको बुढानीलकण्ठस्थित घरजग्गा तथा सवारीसाधनसम्बन्धी विषयमा गिरीमाथि अनियमितता तथा कब्जा गरेको आरोप लागेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं