Lite Nepal

शनिबार, साउन १६, २०८३

सप्तरी । सप्तरी जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ९ बजेसम्म कर्फ्यु खुकुलो पारेको छ।

तोकिएको समयमा सर्वसाधारणले दूध, तरकारी, फलफूल र खाद्यान्न जस्ता अत्यावश्यक वस्तुहरू खरिद गर्न पाउनेछन्। तोकिएको समयपछि कर्फ्यु पूर्ण रूपमा पालना गर्न र शान्ति सुरक्षा कायम राख्न प्रशासनले आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको सूचनामा भनिएको छ, ‘तोकिएको समयभित्र आवश्यक सामान खरिद गरी आफ्नो निवासतर्फ फर्कनु भई कर्फ्युको पूर्ण पालना गर्नुहुन सबैमा जानकारी गराइन्छ ।’

सप्तरी प्रशासनले सो समयावधिभित्र हुलदङ्गा वा अशान्ति फैलाउन वा अन्य कुनै उद्देश्यले एकै ठाउँमा पाँच जना भन्दा बढी मानिस भेला जम्मा भइ उश्रृङ्खल गतिविधि गरे र गराइएको पाइएमा कानून बमोजिम कारबाही हुने जनाएको छ ।

सप्तरीको बोदेबरसाईनमा गत साउन १४ गते राति १० बजेदेखि र राजविराजमा १५ गते ८ बजेदेखि प्रमुख जिल्ला अधिकारीबाट कर्फ्युको आदेश जारी गरिएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं