Lite Nepal

शनिबार, साउन १६, २०८३

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टीले आज पशुपतिनाथ मन्दिरमा पुगी पूजा, आराधना एवं दर्शन गरेकी छिन् ।

साउन महिनाको शनिबार पारेर अभिनेत्री शेट्टीले आज बिहान दुई हजार १०० दरका नौ वटा रसिद काटेर पञ्चामृत पूजा, आराधना एवं दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका पुरातत्त्व अधिकृत सुशील कुमार गौतमले जानकारी दिए ।

अभिनेत्री शेट्टी दर्शनार्थीका रूपमा आज बिहान पशुपतिनाथ दर्शन एवं पूजा आराधनाका लागि प्रवेश गरेको उनले बताए।

‘साउन महिना भगवान् शिवको महिना भएकाले विश्वभरका वैदिक सनातन हिन्दु धर्मावलम्बी पूजा, आराधना एवं दर्शनका लागि नेपाल आउने गर्छन् । त्यसमध्ये भारतबाट आउने दर्शनार्थी धेरै हुन्छन्’, उनले भने । भारतबाट साउनमा विशिष्ट व्यक्तित्व पनि पशुपतिनाथमा दर्शनका साथै पूजा, आराधना गर्न आउने गरेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं