विराटनगर । मोरङ व्यापार संघका पूर्वअध्यक्ष तथा विराटनगरका उद्योगी प्रकाश मुन्दडाको घर र कार्यालयमा प्रहरीले छापा मारेको छ ।
अवैध नगद संचित गरी राखेको विशेष सूचनाका आधारमा सोमबार विहान प्रहरीले मुन्दडाको घर र कार्यालयलाई घेरा हाली खानतलासी गरेको हो ।
उनको घर र कार्यालय विराटनगर–७ स्थित मोरङ व्यापार संघको कार्यालय अगाडि सँगै रहेको छ ।
मुन्दडाको घरलाई पूर्ण नियन्त्रणमा लिएर बाहिरी व्यक्ति र सवारीसाधनको आवतजावतमा समेत रोक लगाएको छ ।