Lite Nepal

सोमबार, साउन १८, २०८३

काठमाडौं । प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले संयुक्त रूपमा आयोजना गर्दै आएको ‘प्याब्सन मिस लिटिल आइडल’को १५औं संस्करण सुरु भएको छ । बागबजारस्थित होटेल हार्दिकमा आइतबार पत्रकार सम्मेलन गर्दै यससम्बन्धी जानकारी दिइएको हो ।

शैक्षिक कोर्समा नसमेटिएका तर, समयअनुसार विद्यार्थीका लागि आवश्यक विषयबारे ज्ञान दिन, छात्राहरूमा निहित क्षमता उजागर गर्न र व्यक्तित्व विकासका साथै नेतृत्वदायी भुमिका निर्वाहका लागि यो प्रतियोगिता हुँदै आयोजकले जनाएको छ ।

प्याब्सन काठमाडौंका अध्यक्ष नवराज भट्टले सहभागीहरूमा देखिएको प्रतिस्पर्धाको भावना, व्यक्तित्व विकास, छात्राहरूमा निहित क्षमता उजागर एवं सकारात्मक परिवर्तन्का कारण प्याब्सन काठमाडौंले यो प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको बताए ।

‘शैक्षिक कोर्षमा नसमेटिएका तर बदलिँदो समय र प्रविधिसँगै आवश्यक विषयका बारेमा छात्राहरूलाई ज्ञान दिन र सिर्जनात्मक कार्यमा प्रेरित गर्न प्रतियोगिता सार्थक बनेको छ’, अध्यक्ष भट्टले भने, ‘प्रतियोगी छात्राहरूले यस प्रतियोगिताबाट समयसापेक्ष नयाँ ज्ञान हासिल गर्दै आएका छन् ।’

प्याब्सन काठमाडाैं एवं कार्यक्रमकी सल्लाहकार रीता राई (दाहाल)ले विगतको अनुभव, सहभागी विद्यालय, अभिभावक एवं छात्राहरूबाट प्राप्त सुझावका आधारमा प्रतियोगितालाई समयअनुसार परिमार्जन गर्दै सहभागीहरूलाई दक्ष र उत्कृष्ट बनाइएको बताइन् ।

त्यसैगरी एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोकप्यासी राईले प्रतियोगितालाई यसपटक नयाँ शैली, प्रविधिमैत्री र रोमाञ्चक बनाइने जानकारी दिए । ‘यस पटक प्याब्सन मिस लिटिल आइडलले १५औं वर्ष मनाउने भएकाले प्रतियोगितालाई थप रोमाञ्चक, सिर्जनशील र प्रतिस्पर्धात्मक बनाउने छौं’, अध्यक्ष राईले भने ।

पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंका उपाध्यक्ष एवं कार्यक्रम संयोजक सूर्य भण्डारीले परम्परागत शिक्षण पद्धतिले मात्र अबका पुस्तालाई नपुग्ने र बदलिँदो समय र प्रविधिसँग नयाँ नयाँ सीप र ज्ञान आवश्यक हुने बताए । उनका अनुसार सहभागीहरूमा देखिएको सकारात्मक परिवर्तन र आत्मविश्वासका कारण प्याब्सन लिटिल आइडलप्रति छात्राहरूको आकर्षण बढ्दो छ ।

प्रतियोगिताकी कोच एन्जल राईले सहभागी छात्राहरूमा निहित क्षमता उजागर गरी उनीहरूमा प्रतिस्पर्धाको भावना जागृत गराउने, आत्मविश्वास बढाउने र छात्राहरूमा निहित क्षमता पहिचान गरी सोहीअनुसार अगाडि बढ्न प्रेरित गरिने जानकारी दिइन् ।

यस प्रतियोगितामा सहभागी हुन अभिभावको अनुमति एवं विद्यालयको सिफारिस अनिवार्य गरिएको छ । प्रतियोगितामा कक्षा चारदेखि कक्षा आठसम्म अध्ययनरत ८ देखि १३ वर्ष उमेरसमुहका छात्राहरूलाई सहभागी गराइँदै आएको छ ।

आवेदन दिनेमध्ये ‘पहिले आउने’ आधारमा बढीमा ७० जना छात्रालाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराइने आयोजकले जनाएको छ । प्रतियोगीहरूलाई कोरियोग्राफर रोजिन शाक्य र कोच एन्जल राईले तीन साता प्रशिक्षण दिनुहुनेछ भने अन्य विभिन्न विधाका विशेषज्ञ, पूर्वविजेता, सहभागी, सेलिब्रेटीहरूसँग साक्षत्कार पनि गराइँदै आएको छ ।

यस पटक प्रतियोगीहरूलाई २०८३ भदौ ६ गतेदेखि प्रशिक्षण सुरु गरी भदौ २७ गते अन्तिम प्रतिस्पर्धा गराइनेछ । प्याब्सन मिस लिटिल आइडलको यो १५औंं संस्करण हो । प्रतियोगिताको शीर्ष उपाधि विजेता, फस्ट र सेकेन्ड रनरअपलाई क्रमशः ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र, उपहार एवं ट्रफी प्रदान गरिनेछ ।

त्यसैगरी मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइस उपाधि विजेतालाई जनही १५ हजार रुपैयाँ पुरस्कार एवं सहभागी सबै छात्राहरूलाई प्रमाणपत्र, उपहार एवं ट्रफीसहित सम्मान प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं