विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली लागिपरेको समयमा सरकार गठनका विषयमा छलफल गर्न विराटनगरमा एमाले र संसदीय दलबीचको बैठक जारी छ ।
एमाले पार्टी कार्यालयमा सुरू भएको बैठकमा एमाले सचिव तथा कोशीका इन्चार्ज शेरधन राई, एमाले सचिव समेत रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश पार्टी अध्यक्ष घनश्याम खतिवडा, सांसद तथा दलका उपनेता तिलकुमार मेन्याङ्बो लगायतको उपस्थिति छ ।
बैठकले नेपाली कम्युनिस्ट पार्टी र एमालेबीच भएको ३ बुँदे सहमति पछि नयाँ सरकार बनाउने सम्बन्धमा उत्पन्न पार्टीभित्र देखिएको विवाद समाधानबारे छलफल गर्ने बताईएको छ ।