Lite Nepal

मंगलबार, साउन १९, २०८३
फाइल फोटो

इलाम । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) जिल्ला कार्यसमिति इलामले आज (साउन १९ गते) जिल्लाभरका आफ्ना सम्पूर्ण सदस्य विद्यालयहरूमा पठनपाठन स्थगित गरेको छ।
साउन १८ गते विद्यालयबाट घर फर्कने क्रममा बाढीले बगाएर एक जना बालिकाको मृत्यु भएपछि प्याब्सनले शोक बिदा दिने निर्णय गरेको हो।

मृत्यु हुनेमा इलामस्थित जोगमाई भ्याली बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ८ वर्षीया विद्यार्थी आना खत्री रहेकी छिन्। विद्यालयबाट घर फर्कने क्रममा उनलाई बाढीले बगाएको थियो।
प्याब्सन इलामकी अध्यक्ष नुनुमा राईद्वारा जारी विज्ञप्तिमा यस दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतक विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ।

मौसम प्रतिकूल रहेकाले विद्यार्थी तथा बालबालिकाहरूलाई अनावश्यक रूपमा घर बाहिर ननिस्कन, नदी, खोला र खोल्सीमा जान नदिन तथा पहिरो एवं जोखिमयुक्त स्थानहरूबाट टाढा राख्न अपिल गरिएको छ। साथै मौसम सम्बन्धी आधिकारिक सूचनाहरू मात्र पालना गर्न समेत अनुरोध गरिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं