Lite Nepal

मंगलबार, साउन १९, २०८३

विराटनगर । सुनसरी, मोरङ र धनकुटा जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित औषधि र लागू औषध ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरिएको छ ।

साउन १८ गते सुनसरीको धरान उपमहानगरपालिका–११ बानडाँडा लाइनस्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान–११ का ३१ वर्षीय डिकेन्द्र लिम्बु र धनकुटाको पाख्रिबास नगरपालिका–५ का २० वर्षीय प्रजोल राईलाई प्रतिबन्धित औषधि डाइसाइक्लोमिन ९०० ट्याब्लेट र ट्रामोल ९०० ट्याब्लेट सहित पक्राउ गरिएको कोसी प्रदेश प्रहरी कार्यलय विराटनगरले जनाएको छ।

यसैगरी, सोही दिन सुनसरीको इनरुवा नगरपालिका–१० टोकी नहर चोकस्थितमा जाल्पापुरबाट टोकीतर्फ आउँदै गरेका मोटरसाइकलमा सवार दुई जना अपरिचित व्यक्तिले अस्थायी प्रहरी चौकी साम्बलाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ झोला नालीमा फाली मोटरसाइकल फर्काई फरार भएका थिए ।

उक्त झोलाभित्र प्रतिबन्धित औषधि स्पास ५ हजार ट्याब्लेट र ट्रामोल ५ हजार ट्याब्लेट फेला परेको तथा फरार मोटरसाइकल सवार व्यक्तिहरूको खोजतलास भइरहेको छ ।

त्यसैगरी, मोरङको जहदा गाउँपालिका–६ पोखरियास्थितबाट इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले कटहरी गाउँपालिका–७ का २१ वर्षीय श्रवण खडियारी र सोही स्थानका २० वर्षीय सविन उराँवलाई प्रतिबन्धित औषधि निट्राजेन १० ट्याब्लेट र एसपीएम प्राक्सा ३ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ ।

यस्तै, धनकुटाको धनकुटा नगरपालिका–१ हिले–पाख्रिबास सडकखण्डबाट प्रहरी चौकी हिलेबाट खटिएको प्रहरी टोलीले पाख्रिबास नगरपालिका–७ मुगाका ३२ वर्षीय हरी तामाङलाई १ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं