Lite Nepal

मंगलबार, साउन १९, २०८३

विराटनगर । मोरङको विराटनगर नाका भइ आर्थिक वर्ष २०८२/८३ मा तेस्रो मुलुकका २१० जना पर्यटक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय विराटनगरले जनाएको छ ।

उक्त आर्थिक वर्षमा नेपाल भित्रिने पर्यटकमध्ये १३६ जना पुरुष र ७४ जना महिला छन् । सोही आर्थिक वर्षमा विराटनगर नाकाबाट भारतबाहेक तेस्रो मुलुक जाने पर्यटकको सङ्ख्या ३०० रहेको छ । त्यसमध्ये १५० महिला र १५० जना पुरुष छन् ।

सो अवधिमा ती पर्यटकबाट रु ८६ लाख ६५ हजार १८५ राजस्व प्राप्त भएको कार्यालयका प्रवक्ता युवराज पोखरेलले जानकारी दिए। उनका अनुसारमा आर्थिक वर्ष २०८१/८२ मा त्यस नाकाबाट १६८ पर्यटक नेपाल प्रवेश गरेका थिए । त्यसमध्ये महिला ७९ जना र पुरुष ८९ जना थिए । त्यस वर्ष पर्यटकबाट रु ६७ लाख ८२ हजार ५२५ राजस्व संकलन भएको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं