Lite Nepal

मंगलबार, साउन १९, २०८३

विराटनगर । उपचारका क्रममा निधन भएका रवीन्द्र मेहताका परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता सुरु गरेका छन्।

गृह मन्त्रालयका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गृहमन्त्री गुरुङ र मृतकका परिवारबीच छलफल भइरहेको छ।

२२ वर्षीय मेहता साउन १० गते राति कोशी प्रदेशको सुनसरीस्थित देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएका थिए। उपचारका लागि शिक्षण अस्पतालमा भर्ना गरिएका उनको मंगलबार उपचारकै क्रममा निधन भएको हो।

यसअघि गृहमन्त्री गुरुङले सोही दिन हिन्दू र मुस्लिम समुदायका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

गृह मन्त्रालयमा आयोजित भेटघाटमा दुवै समुदायका प्रतिनिधिसँग पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा देखिएको अवस्था, शान्ति-सुरक्षा, सामाजिक सद्भाव तथा उत्पन्न विवादका विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।

सरकारले घटनासँग सम्बन्धित पक्षसँग संवादलाई निरन्तरता दिँदै शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न आवश्यक पहल अघि बढाइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं