Lite Nepal

बुधबार, साउन २०, २०८३

विराटनगर । जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रतिबन्धित लागू औषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार श्रावण १९ गते साँझ धनकुटा नगरपालिका–१ हिले बजार नजिक शङ्कास्पद रूपमा हिँडिरहेका पाख्रिबास नगरपालिका–७ मुगा टोलका २२ वर्षीय हरि तामाङलाई प्रहरीले जाँच गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनकुटा र प्रहरी चौकी हिलेको संयुक्त टोलीले खानतलासीका क्रममा उनले बोकेको झोलाभित्र लुकाइराखिएको ब्राउन हेरोइन जस्तो देखिने  पदार्थ १८ वटा साना प्याकेटमा फेला परेको प्रहरीले जनाएको छ ।

उक्त पदार्थ तौल गर्दा प्लास्टिकसहित १ ग्राम ६८० मिलिग्राम र प्लास्टिकबाहेक १ ग्राम रहेको उल्लेख गरिएको छ ।

प्रहरीले घटनास्थलबाट लागू औषधसहित एक थान एन्ड्रोइड मोबाइलसमेत बरामद गरेको जनाएको छ ।

पक्राउ परेका तामाङविरुद्ध जिल्ला अदालत धनकुटाबाट म्याद थप गरी लागू औषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं