Lite Nepal

बिहिबार, साउन २१, २०८३

झापा । हल्दीबारी गाउँपालिकाले बजार अनुगमनका क्रममा हल्दीबारी–४ स्थित बडावारी क्षेत्रका २० भन्दा बढी किराना, हार्डवेयर, कपडा, खाजा घर तथा सैलुनमध्ये अधिकांश व्यवसाय बिना दर्ता तथा आवश्यक कानुनी कागजातबिनै सञ्चालन भइरहेको पाएको छ ।

बुधबार भएको अनुगमनपछि गाउँपालिकाले त्यस्ता व्यवसायलाई आगामी २५ गतेभित्र गाउँपालिकामा दर्ता भई आवश्यक प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न निर्देशन दिएको छ । साथै मूल्य सूची, होल्डिङ बोर्ड, बिल/रसिदलगायत अन्य आवश्यक कानुनी कागजातसमेत सोही अवधिभित्र गाउँपालिकामा पेस गर्न पनि निर्देशन दिएको  छ ।

अनुगमन टोलीको नेतृत्व गरेकी गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले लक्ष्मीदेवी मैनालीले बजारलाई व्यवस्थित बनाउने र उपभोक्ता अधिकारको संरक्षण गर्ने उद्देश्यले अनुगमन अभियानलाई निरन्तरता दिइने बताइन्। “बजारलाई व्यवस्थित बनाउँदै सबै व्यवसायलाई कानुनी दायराभित्र ल्याउनु हाम्रो उद्देश्य हो,” उनले भनिन् ।

तोकिएको समय सीमाभित्र दर्ता तथा आवश्यक प्रक्रिया पूरा नगर्ने व्यवसायमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने गाउँपालिकाले जनाएको छ । उपाध्यक्ष मैनालीको नेतृत्वमा भएको अनुगमन टोलीमा प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, गाउँपालिकाका विभिन्न शाखा प्रमुख, सुरक्षाकर्मी, स्थानीय उद्योग वाणिज्य संघका प्रतिनिधिलगायतको सहभागिता  थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं