विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव उल्लेख्य बढेको छ ।
पहाडी क्षेत्रमा निरन्तर वर्षासँगै आज दिउँसो ३ बजे गरिएको मापनमा कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड दुई लाख ४८ हजार ८६५ क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र खड्काले जानकारी दिए ।
योसँगै ब्यारेजका ३४ ढोका खोलिएको छ । हाल कोशी ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ ।
कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको संकेत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ ।