Lite Nepal

शनिबार, साउन २३, २०८३

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार घाटा पनि बढेको छ । मेची भन्सार कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को तुलनामा आर्थिक वर्ष २०८२/८३ मा व्यापार घाटा ४० दशमलव ८५ प्रतिशतले बढेर रु. ३६ अर्ब ३८ करोड नाघेको हो ।

आव २०८१/८२ को असारसम्म काँकरभिट्टा नाका भएर रु. २५ अर्ब ८३ करोड १० लाख ६४ हजार बराबरको व्यापार घाटा रहेकामा आव २०८२/८३ को सोही अवधिमा रु. १० अर्ब ५५ करोड १९ लाख ७८ हजारले वृद्धि भई रु. ३६ अर्ब ३८ करोड ३० लाख ४२ हजार पुगेको छ ।

समीक्षा अवधिमा यस नाकाबाट हुने आयात (पैठारी) २२ दशमलव ७१ प्रतिशतले बढेको छ । आव २०८१/८२ मा रु. ५१ अर्ब आठ करोड ६५ लाख आठ हजार बराबरको सामान आयात भएकोमा गत आव २०८२/८३ मा रु. ११ अर्ब ६० करोड नौ लाख १८ हजारले बढेर रु. ६२ अर्ब ६८ करोड ७४ लाख २६ हजार पुगेको छ ।

सोही अवधिमा निर्यात (निकासी) तर्फ चार दशमलव १५ प्रतिशतको वृद्धि दर्ता भएको छ । आव २०८१/८२ को असारसम्म रु. २५ अर्ब २५ करोड ५४ लाख ४४ हजारको वस्तु निर्यात भएकामा आव २०८२/०८३ मा रु एक अर्ब चार करोड ८९ लाख ३९ हजारले बढेर रु. २६ अर्ब ३० करोड ४३ लाख ८३ हजार पुगेको छ ।

आयात र निर्यात दुवैमा वृद्धि भएसँगै कूल वैदेशिक व्यापार १६ दशमलव ५७ प्रतिशतले बढेर रु. ८८ अर्ब ९९ करोड १८ लाख १० हजार पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कूल वैदेशिक व्यापार रु. ७६ अर्ब ३४ करोड १९ लाख ५३ हजार रहेको थियो ।

पूर्वी नाकाबाट हुने कूल व्यापारमा आयातको वर्चस्व झन् बढेको छ । आयात-निर्यात अनुपातको हिसाब गर्दा आव २०८१/८२ मा रु. एकको निर्यात गर्दा रु. दुई दशमलव शून्य दुईको आयात हुने गरेकामा गत आवमा अनुपात बढेर रु. दुई दशमलव ३८ पुगेको छ ।

कूल व्यापारमा निर्यातको हिस्सा ३३ दशमलव शून्य आठ प्रतिशतबाट घटेर २९ दशमलव ५६ प्रतिशतमा सीमित भएको छ भने आयातको हिस्सा ६६ दशमलव ९२ प्रतिशतबाट बढेर ७० दशमलव ४४ प्रतिशत पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं