मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङको २७औँ स्थापना दिवसका अवसरमा निःशुल्क आँखा परीक्षण, चिकित्सकीय परामर्श तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।
पथरीशनिश्चरे–९, रिगुवास्थित सिंहबाहिनी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा स्थानीय समुदायलाई लक्षित गरी स्वास्थ्य सेवा प्रदान गरिएको हो।
शिवोम मेडिको, विराटनगरको सहयोग तथा विराट रानी आँखा अस्पताल प्रालि, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा विशेषज्ञ स्वास्थ्यकर्मीले सर्वसाधारणको आँखा परीक्षण गरेका थिए। परीक्षणपछि आवश्यक चिकित्सकीय परामर्श दिनुका साथै औषधिसमेत निःशुल्क वितरण गरिएको थियो।
स्थापना दिवसका अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत फोनिज मोरङले स्वर्गीय कृष्ण देवान स्मृति पुरस्कार प्रदान गर्नुका साथै विभिन्न पत्रकारलाई सम्मानसमेत गरेको छ।
