Lite Nepal

आइतबार, साउन २४, २०८३

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २७औँ स्थापना दिवसका अवसरमा ‘कृष्ण देवान स्मृति पत्रकारिता पुरस्कार’बाट उज्यालो प्रदेश डटकमका सम्पादक भक्तशेर लिम्बू सम्मानित भएका छन्।

शनिबार मोरङको पथरीशनिश्चरे–९, रिगुवास्थित सिंहबहिनी माध्यमिक विद्यालयमा आयोजित विशेष कार्यक्रममा लिम्बूलाई उक्त पुरस्कार प्रदान गरिएको हो।

फोनिज प्रदेश लेखा समिति संयोजक प्रेम देवानका स्वर्गीय पिता कृष्ण देवानको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने पत्रकारलाई प्रदान गरिँदै आएको छ।

फोनिजको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्दै पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप लिम्बूलाई सम्मान गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं