भक्तपुुर । भक्तपुुरस्थित उत्साहित सुधारकेन्द्रमा एक युवाको मृत्यु भएपछि अवस्था तनावपूर्ण भएको छ । भक्तपुर विरुवास्थित उत्साहित सुधार केन्द्रमा राखिएका ४४ वर्षीय उमेश खड्कीको निधन भएको थियो ।
सोही विषयमा आफन्तहरुले सुधारकेन्द्रमा ढुंगामुढा प्रहार गर्न खोजेका हुन् । प्रहरीले घटनाको अनुसन्धान गर्न सुधार केन्द्रका केही कर्मचारीलाई नियन्त्रणमा लिएको भक्तपुर प्रहरीले जनाएको छ ।