Lite Nepal

सोमबार, साउन २५, २०८३
फाइल फोटो

बाँके । नेपालगन्जमा बजार अनुगमनका क्रममा ग्यास लुकाएर राखेको आरोपमा एक किराना पसललाई रु। ५० हजार जरिवाना गरिएको छ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो।

“ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ,” सहायक प्रमुख जिल्ला अधिकारी गुरुङले भने। उनका अनुसार अनुगमनका क्रममा उक्त किराना पसलमा १३ वटा ग्यास सिलिन्डर लुकाएर राखिएको अवस्थामा भेटिएको थियो। उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार पसललाई रु। ५० हजार जरिवाना गरिएको हो।

अनुगमन टोलीले उक्त किराना पसलबाट अखाद्य सामग्रीसमेत फेला पारेको जनाएको छ। बजारमा ग्यासलगायत उपभोग्य सामग्रीमा अनियमितता भइरहेको गुनासो बढेपछि स्थानीय प्रशासनको सक्रियतामा केही दिनयता बजार अनुगमन भइरहेको छ। पछिल्लो केही दिनदेखि नेपालगन्जमा खाना पकाउने ग्यासको अभावसमेत देखिँदै आएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं