Lite Nepal

सोमबार, साउन २५, २०८३
फाइल फोटो

झापा । जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ । उक्त आवमा ३२।८० किलोमिटर सडक ग्राभेल, ९।५२ किलोमिटर सडकमा आरसिसी ढलान तथा ९०० मिटर मर्मतसम्भार गरिएको छ ।

उक्त कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार गत आवमा छ वटा झोलुङ्गे, तीन सरकारी भवन, ४९ सामुदायिक भवन, ११ धार्मिक संरचना, आठ विद्यालयका पूर्वाधार, एउटा कभर्डहल तथा आठ अन्य भवन तथा पूर्वाधार निर्माण भएका छन् ।

गत आवमा रु एक अर्ब ५१ करोड १४ लाख ७८ हजार विनियोजन भएकामा रु एक अर्ब पाँच करोड ४५ लाख ६४ हजार ५४० खर्च भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं