Lite Nepal

सोमबार, साउन २५, २०८३
फाइल फोटो

स्याङ्जा । जिल्लाको चापाकोट नगरपालिका(८ रत्नपुरमा एक सय टन क्षमताको शीत भण्डार निर्माण भएको छ । गण्डकी प्रदेश सरकार र चापाकोट नगरपालिकाको लागत साझेदारीमा रु एक करोड ६० लाखको लागतमा भण्डार निर्माण भएको हो ।

प्रारम्भमा दुई सय टनभन्दा बढी क्षमताको शीत भण्डार निर्माण गर्ने योजना रहे पनि बजेट अभावका कारण एक सय टन क्षमताको भण्डार निर्माण गरिएको चापाकोट(८ का वडाध्यक्ष टोपलाल न्यौपानेले जानकारी दिए । विशेषगरी व्यावसायिक रूपमा आलु उत्पादन हुने रत्नपुरमा शीत भण्डार निर्माण भएपछि किसान उत्साहित भएका छन् । अब आलु भण्डारणका लागि भैरहवा, गल्याङको जिमुहा र पुतली बजारसम्म पुग्नुपर्ने बाध्यता हटेको छ ।

एक बोरा आलु ती भण्डार केन्द्रमा पुर्‍याउँदा किसानले रु। ५०० सम्म खर्च गर्नुपर्ने बाध्यात्मक परिस्थिति पनि अन्त्य भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं