Lite Nepal

शनिबार, कार्तिक ०८, २०८३

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक परिस्थिति चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जागरण अभियानको उद्घाटन गर्दै उनले नेपाली जनताले असहज परिस्थितिको सामना गरिरहेको बताए । रुस–युक्रेन युद्ध, इजरायल–प्यालेस्टाइन द्वन्द्व, इजरायल, अमेरिका र इरानबीचको युद्ध तथा युरोपका विभिन्न आन्दोलनले विश्वलाई प्रभावित पारिरहेको उनको भनाइ थियो ।

प्रचण्डले दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्रसंघको स्थापनासँगै निर्माण गर्न खोजिएको विश्व व्यवस्था कमजोर हुँदै गएको र नयाँ व्यवस्था स्थापित भइनसकेको बताए । विश्व राजनीति सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उनले यसको प्रभाव भू–राजनीतिमा समेत परेको बताए ।

दुई ठूला छिमेकीबीच अवस्थित नेपाल विश्व शक्तिहरूबीचको बढ्दो प्रतिस्पर्धा र बदलिँदो भू–राजनीतिक परिस्थितिबाट अछुतो रहन नसकेको उनको भनाइ थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं