Lite Nepal

मंगलबार, साउन २६, २०८३

काठमाडौं । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् ।

आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् ।

प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको थियो ।

पहिरोमा परी कुल १३ जना पुरिएकोमा सोमबार बिहानसम्म सात जनालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको छ ।

मृत्यु हुनेहरूमा १७ वर्षीया एक किशोरी, दुई जना ९ वर्षीय बालक र ५६ वर्षीय एक पुरुष रहेका छन् ।

उद्धार गरिएकामध्ये गम्भीर घाइते तीन जनाको हाल अस्पतालमा उपचार भइरहेको छ ।

वर्षा जारी रहेकै अवस्थामा पनि उद्धारकर्मीहरूले बेपत्ताहरूको खोजी कार्यलाई निरन्तरता दिएका छन् ।

पहिरोको जोखिमका कारण हालसम्म १४ परिवारका ६२ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ भने अन्य सात जनालाई स्थानीय वडा कार्यालयमा आश्रय दिइएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं