काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा ६ हजार ४०० सय रुपैयाँले बढेर तीन लाख सात हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले बढेर तोलामा चार हजार ७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी तोलामा चार हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।