सुनसरी। आर्थिक वर्ष २०८२र८३ मा कोशी प्रदेशमा ट्राफिक नियम उल्लङ्घन गर्ने ९५ हजार ७७ वटा सवारीसाधन कारबाहीमा परेका छन्।
कारबाहीमा परेका सवारीसाधनबाट रु ९ करोड ४१ लाख ७२ हजार ८२४ राजस्व सङ्कलन भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार झापाबाट रु २ करोड ३९ लाख ९६ हजार ५३८, मोरङबाट रु १ करोड ८५ लाख ८६ हजार ५७ र सुनसरीबाट रु १ करोड २६ लाख १९ हजार राजस्व सङ्कलन भएको छ।
त्यस्तै, उदयपुरबाट रु ६२ लाख ७५ हजार, धनकुटाबाट रु ६३ लाख ८ हजार १, इलामबाट रु ४८ लाख ६ हजार ३, ओखलढुङ्गाबाट रु ३७ लाख २८ हजार २०३, पाँचथरबाट रु ३१ लाख ४९ हजार र खोटाङबाट रु २२ लाख ४८ हजार राजस्व सङ्कलन भएको छ।
भोजपुरबाट रु १५ लाख ५००, तेह्रथुमबाट रु १३ लाख ५७ हजार, सोलुखुम्बुबाट रु १४ लाख ७५ हजार, सङ्खुवासभाबाट रु १० लाख ४३ हजार र ताप्लेजुङबाट रु ८ लाख ७ हजार ५०० राजस्व सङ्कलन भएको प्रमुख गिरीले राससलाई जानकारी दिए।