Lite Nepal

मंगलबार, साउन २६, २०८३

विराटनगर। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्ली राज खड्का र लेखा अधिकृत मिलन कुमार भट्टराईविरुद्ध ६ लाख रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार पुलको रिडिजाइन स्वीकृत गराइदिने तथा ठेक्काको भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै इन्जिनियर खड्काले सेवाग्राहीसँग घुस मागेका थिए। आयोगको टंगाल र इटहरी कार्यालयबाट खटिएको टोलीले खड्कालाई सेवाग्राहीबाट ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा खड्का र लेखा अधिकृत भट्टराईको आपसी मिलेमतोमा पुलको डिजाइन, रिडिजाइन, थर्ड पार्टी भेरिफिकेसन तथा भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेर लिएको पुष्टि भएको आयोगले जनाएको छ।

आयोगले दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ६ लाख रुपैयाँ बिगो कायम गरी बिगो बराबर जरिवाना र कैद सजायको मागदाबी गरेको छ। आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आरोपपत्र विशेष अदालत, काठमाडौँमा दायर गरिएको हो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं