विराटनगर। नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्र कुबेर खापुङले प्रहरी कमजोर हुँदा आफू बलियो हुने सोच राख्ने प्रवृत्तिबाट समाज मुक्त हुनुपर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वआईजीपी खापुङले प्रहरी कमजोर भयो भने म पो बलियो हुन्छु कि ? भन्ने आपराधिक भ्रमबाट सबै मुक्त हुन जरुरी रहेको बताएका हुन्।

उनले लेखेका छन,’प्रहरी कमजोर भयो भने म पो बलियो हुन्छु कि ?,भन्ने अपराधिक भ्रमबाट हामी सबै मुक्त हुन जरुरी छ।’

