काठमाडौँ । इमेलमार्फत अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गरेको आरोपमा नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल गत असार २६ गते पक्राउ परे । सामाजिक सञ्जाल फेसबुक ह्याक गरी अनधिकृत पहुँचमार्फत ठगी गरेको आरोपमा नुवाकोटकै १९ वर्षीय विवेक सुनारलाई असार २४ गते पक्राउ गरिएको थियो । त्यसैगरी, इसेवाको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा रौतहटका २२ वर्षीय शुभम् साहलाई पनि असार २ गते नियन्त्रणमा लिइएको थियो ।
सुरेन्द्र, विवेक र शुभम् प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्तै सामाजिक सञ्जालको दुरुपयोग गरी ब्ल्याकमेल गर्ने, ठगी तथा अनलाइन स्क्यामिङ गर्ने, सफ्टवेयर कम्पनीको स्रोत संकेत ९सोर्स कोड० मा अनधिकृत पहुँच पुर्याउनेलगायत विद्युतीय कसुरमा संलग्नलाई उपलब्ध प्रविधिको उच्चतम प्रयोग गरी कानुनी दायरामा ल्याउन साइबर ब्यूरो सक्रिय रहेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।
आर्थिक वर्ष २०८२र८३ को साउनदेखि असार मसान्तसम्म साइबर अपराधसम्बन्धी ८८२० हजार ५२६ वटा निवेदन८८ प्रहरीमा दर्ता भएका छन् । सो अवधिमा साइबर अपराधमा ८८१६१ वटा मुद्दा दर्ता८८ भएका छन् भने ८८१५५ जना पक्राउ८८ परेका छन् ।
दर्ता भएका निवेदनमध्ये सामाजिक सञ्जालतर्फ फेसबुकरम्यासेन्जरको दुरुपयोगका सात हजार १२३, टिकटकका छ हजार ७७६, ह्वाट्सएपका तीन हजार १०५, टेलिग्रामका एक हजार ३१, इन्स्टाग्रामका ६२८ र इमेलका ११४ वटा रहेका छन् । त्यस्तै, भाइबरका २१, इमोका ३८, युट्युबका ६४, वीच्याटका १४, ट्वीटरका ११, गुगलका ११, इसेवारखल्तीरबैंक खातारएसएमएससँग सम्बन्धित ७४४ तथा संस्थासम्बन्धी ८४६ वटा निवेदन दर्ता भएका छन् ।
यसअघि आर्थिक वर्ष २०८१र८२ मा १८ हजार ९२६ र आर्थिक वर्ष २०८०र८१ मा १९ हजार ७३० वटा साइबर अपराधसम्बन्धी निवेदन प्रहरीमा दर्ता भएका थिए । यसले पछिल्लो आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी उजुरी बढेको देखाउँछ ।
साइबर अपराधको पछिल्लो प्रवृत्तिबारे साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले सामाजिक सञ्जालको प्रयोगसँगै यसको दुरुपयोग पनि बढिरहेको बताए ।
उनका अनुसार पछिल्ला दुई आर्थिक वर्षका उजुरीको प्रवृत्ति हेर्दा विशेषगरी बैंक तथा वालेट कार्यालयबाट बोलेको भन्दै पीडितको बैंक खातामा पहुँच पुर्याएर ठगी गर्ने, गिफ्ट, लोट्री तथा पार्सल पठाएको भन्दै रकम असुल्ने, प्रेम सम्बन्धमा पारेर ठगी गर्ने, वैदेशिक रोजगारीको प्रलोभन देखाउने तथा टेलिग्राम, ह्वाट्सएप र इन्स्टाग्राममार्फत अनलाइन जबको प्रलोभन देखाएर ठगी गर्ने प्रवृत्ति बढेको छ । अनलाइन सपिङका नाममा हुने ठगीसमेत बढ्दो क्रममा रहेको उनको भनाइ छ ।
प्रविधिको दुरुपयोगका कारण अपराधका नयाँ शैली र प्रवृत्ति देखिन थालेपछि अपराध अनुसन्धान थप चुनौतीपूर्ण बन्दै गएको छ । यस्ता चुनौतीको सामना गर्दै प्रविधिको प्रयोगबाट हुनसक्ने अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारको २०७५ जेठ २७ गतेको निर्णयबाट साइबर ब्यूरो स्थापना गरिएको हो ।
ब्यूरोलाई थप प्रविधियुक्त बनाउँदै प्रहरी कर्मचारीको साइबर अपराध तथा सुरक्षासम्बन्धी क्षमता अभिवृद्धि गर्नुका साथै आम नागरिकमा साइबर सुरक्षासम्बन्धी सचेतना फैलाउने विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन् । प्रविधिको प्रयोगबाट हुने अपराधको रोकथाम तथा अनुसन्धानमा नेपाल प्रहरी सक्रिय रहँदै आएको छ ।
साइबर अपराधमा संलग्नलाई ८८विद्युतीय कारोबार ऐन, २०६३८८ अन्तर्गतको कसुरमा कारबाही हुने गरेको प्रहरीले जनाएको छ ।