Lite Nepal

शुक्रबार, साउन २९, २०८३

विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष बुझाएको छ। आयोगले आज (शुक्रबार) प्रदेश प्रमुख खापुङलाई वार्षिक प्रतिवेदन बुझाएको हो।

प्रतिवेदनअनुसार आयोगले गरेको स्थायी नियुक्तिको सिफारिसमा महिलाको सहभागिता ४४.१७ प्रतिशत रहेको छ। आयोगले विभिन्न सेवाका १ हजार २७० पदमध्ये १ हजार २६१ पदमा स्थायी नियुक्तिका लागि उम्मेदवार सिफारिस गरेको थियो। सिफारिस भएकामध्ये ५५७ जना महिला छन्। समावेशीतर्फ मात्रै ५१५ जनाको सिफारिस भएको आयोगले जनाएको छ।

आयोगका अनुसार आर्थिक वर्ष २०८२/८३ मा प्रकाशित विज्ञापनमा १ लाख १ हजार ८०९ उम्मेदवारले आवेदन दिएका थिए। तीमध्ये ९९.४५ प्रतिशतको दरखास्त स्वीकृत भएको थियो। स्वीकृत उम्मेदवारमध्ये ४७.३९ प्रतिशत महिला र ५२.६१ प्रतिशत पुरुष रहेका थिए।

प्रतिवेदनमा आयोगले योग्यता, निष्पक्षता, स्वच्छता, समावेशिता, समान अवसर र पारदर्शितालाई पदपूर्तिको मुख्य आधार बनाएको उल्लेख गरेको छ। स्थानीय सरकारी सेवाका विभिन्न पदमा खुला तथा समावेशी प्रतिस्पर्धामार्फत पदपूर्ति गरिएको आयोगले जनाएको छ।

आयोगले परीक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन इन–बास्केट एक्सरसाइज, केस प्रिजेन्टेसन र कम्प्युटर सीप परीक्षणसमेत प्रयोगमा ल्याएको छ। अनलाइन आवेदन, नतिजा प्रकाशन, ओएमआर स्क्यानिङ तथा कर्मचारी व्यवस्थापनका डिजिटल प्रणाली पनि सञ्चालनमा रहेको प्रतिवेदनमा उल्लेख छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं