Lite Nepal

मंगलबार, भाद्र १६, २०७७

काठमाडौं । मनसुनको न्यूच चापीय रेखा नेपाल नजिक पर्दा आज (मंगलबार) धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार अहिले (बिहान) पनि प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ ।

यसअघि राति देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भएको थियो भने प्रदेश १ र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षासमेत भएको थियो ।

आज दिउँसो पनि देशका धेरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

यो सम्भावना पूर्वदेखि पश्चिमसम्मै रहेको मौसमविद् पोखरेलले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं