Lite Nepal

बुधबार, भाद्र १०, २०८३

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहसँग टेलिफोन संवाद गर्दै बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

मोदीले बुधबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत संवादबारे जानकारी दिँदै कठिन परिस्थितिमा भारतका जनता नेपाली नागरिकको साथमा रहेको बताएका छन्।

‘नेपालमा आएको बाढीबाट भएको मानवीय क्षतिप्रति प्रधानमन्त्री वालेन्द्र शाहसँग समवेदना व्यक्त गरेको छु,’ मोदीले भनेका छन्, ‘यस कठिन घडीमा भारतका जनता नेपालका दिदीबहिनी तथा दाजुभाइसँग ऐक्यबद्ध छन्।’

उनले नेपाललाई सम्भव भएसम्मका सबै मानवीय सहायता उपलब्ध गराउन भारत तयार रहेको पनि बताएका छन्। उद्धार तथा राहत कार्यका लागि दुवै देशका टोलीबीच निकट समन्वय भइरहेको मोदीको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं