Lite Nepal

आइतबार, भाद्र २१, २०७७

विराटनगर । मोरङका एक पुरुषको दाहसंस्कार गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ ।

उपचार गर्ने क्रममा शुक्रबार विहान ३ः४० बजे बुढीगंगा–२ स्थित विराट मेडिकल टिचिङ हस्पिटलमा मृत्य भएका मोरङ बुढीगंगा गाउँपालिका ५ का ४५ बर्षीय पुरुष कोरोना संक्रमित रहेको रिपोर्ट आएको हो ।

मृत्यू अघिनै स्वा संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाएकोमा रिपोर्ट ढिला आएको र मृतकका आफन्तले शव लैजान पाउनु पर्नेभन्दै अस्पताललाई दवाब दिएपछि अस्पतालले कागज गराएर शव जिम्मा दिएको थियो ।

भदौ १७ गते छाती दुख्ने र टाउको दुख्ने समस्या देखिएर सुनसरीको दुहवीस्थित सामुदायिक अस्पतालमा भर्ना गरेर उपचारगर्दा ठिक नभपछि बुढीगंगा–२ स्थित विराट मेडिकल टिचिङ हस्पिटलमा उनलाई भर्ना गरिएको थियो ।

सोही दिन स्वाव संकलन गरी पठाएकोमा शनिबार मात्रै उनको रिपोर्ट आएको मेडिकल कलेजका ल्याब एण्ड डाइग्नोष्टिक विभाग प्रमुख तथा कोभिड म्यानेजमेन्ट कमिटी सदस्य प्रमेशराज देवकोटाले जानकारी दिए ।

अस्पतालको आकस्मिक कक्षमा भर्ना गर्दा उनलाई कोरोनाको बलियो लक्षण नदेखिएको र छातीमा निमोनियासँग मिल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरिएको थियो ।

तर, मृत्यू हुनसाथ आफन्तले शव लैजान पाउनुपर्ने भन्दै अस्पताललाई दबाव दिएको देवकोटाको भनाई छ ।

‘विरामी १७ गते इमर्जेन्सीमा भर्ना हुनु भएको थियो, सुरुमा निमोनियाजस्तै समस्या देखिएको थियो, वहाँलाई आइसीयूबाट भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो’ देवकोटाले भने, ‘हामीले स्वाब संकलन गरी परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला पठाएका थियौं, शनिबार साढे १२ तिर पोजेटिभ रिपोर्ट आयो ।’

आफन्तले शव शुक्रबार नै परम्परा अनुसार दाहसंस्कार गरिसकेका छन् ।

मृतक पुरुष सुनसरीको दुहबीस्थित स्वस्तिक आयलमा काम गर्ने मजदुर भएको बुढिगंगा गाउँपालिकाका जनस्वास्थ्य प्रमुख बासुदेव रेग्मीले जानकारी दिए ।

‘मृतकलाई कोरोनाको लक्षण नदेखिएको भनिएको छ, आफन्तले शव दाहसंस्कार गरेको भन्ने पनि जानकारी आएको छ’ रेग्मीले भने ।

संक्रमितको मृत्यु हुनुअघि उपचारका लागि सहयोग गरेका स्थानीय युवा अभियन्ता कपिल सुनारले ल्याबबाट स्वाब परीक्षणको रिपोर्ट ढिलो आउने गरेका कारण समुदायमा समस्यामा बढाएको आरोप लगाए ।

उनले कोरोनाको कुनैपनि लक्षण नदेखिएका कारण उपचारका लागि आफूहरुले पनि उपचारको प्रक्रियामा सहयोग गरेको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं