Lite Nepal

शुक्रबार, भाद्र २६, २०८३

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ र ४ को बीचमा पर्ने हुङ्गा खोलामा पहिरो खसेर ड्याम बनेपछि नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।

भदौ २६ गते बिहान करिब ७ बजे महाकुलुङ गाउँपालिका–२ तर्फ गौरीशंकर हाइड्रोपावरको हेड अफिसबाट करिब १०० मिटर तल करिब ३५ मिटर अग्लो पहिरो खसेको हो । पहिरो खसेपछि खोलामा करिब १०० मिटर लामो र १५ मिटर अग्लो ड्याम बनेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सोताङ र प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो । प्रहरीले नदी तटीय क्षेत्रमा रहेका गाउँबस्ती तथा हुङ्गा खोलामा रहेका विभिन्न जलविद्युत् आयोजनालाई घटनाबारे जानकारी गराएको छ । आयोजनामा कार्यरत कामदार तथा सवारीसाधनलाई सुरक्षित स्थानतर्फ जानसमेत सूचित गरिएको प्रहरीले जनाएको छ ।

बिहान करिब ९ः१० बजे पहिरोका कारण बनेको ड्यामको ताल भरिएपछि पानी निकास हुन सुरु भएको थियो । ड्यामका कारण पानीको बहावमा थप परिवर्तन हुन सक्ने भएकाले हुङ्गा खोला तथा दूधकोशी नदी तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं