Lite Nepal

बिहिबार, भाद्र २५, २०८३

काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनापछि अस्पतालसँग स्पष्टीकरण मागिएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले घटनाप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन् ।

मन्त्रालयले अस्पतालसँग घटनाबारे स्पष्टीकरणसमेत मागेको छ । घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याइने र छानबिनका क्रममा अस्पताल वा सम्बन्धित व्यक्तिको गल्ती वा लापरबाही देखिएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने मन्त्री मेहताले जनाएकी छन् ।

मन्त्री मेहताले सामाजिक सञ्जालमा घटनाबारे लेखेकी छन्, “हरेक नागरिकले स्वास्थ्य संस्थामा पुग्दा समयमै उपचार, सम्मान र मानवीय व्यवहार पाउने अधिकार राख्छ । त्यसैले यस घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको छ ।”

उनले थपेकी छन्, “घटनाको सत्यतथ्य पत्ता लगाउन तत्काल छानबिन टोली राजविराज पठाइएको छ र अस्पतालसँग स्पष्टीकरणसमेत माग गरिएको छ । घटनाको निष्पक्ष छानबिन गरी वास्तविकता बाहिर ल्याइनेछ । छानबिनका क्रममा गल्ती वा लापरबाही देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।”

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं