Lite Nepal

शनिबार, कार्तिक १४, २०८३

काठमाडौं । पछिल्लो २४ घण्टामा मनाङमा धेरै भारी वर्षा भएको छ । आज बिहान ६:२४ बजेको विवरण अनुसार मनाङ जिल्लाको ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा मापन भएको छ ।

मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको बीचमा १०० मिलिमिटर भन्दा धेरै र २०० मिलिमिटर भन्दा कम वर्षा भएमा धेरै भारी वर्षा भन्ने गरिन्छ । २०० मिलिमिटर भन्दा बढी पानी परेमा अति भारी वर्षा भनिन्छ ।

बङ्गालको खाडीमा विकसित चक्रवात अर्नबको अवशेषका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेकाले देशभर वर्षा भइरहेको छ ।

गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं